‘दुश्मन हेरेको हेर्‍यै’ लाई १० करोड, दुर्गेशलाई प्रधानमन्त्री ओलीको बधाई


सर्जक दुर्गेश थापाको क्रेज पछिल्लो समय बढेको छ। अझ ‘दुश्मन हेरेको हेर्‍यै’ बोलको गीतको अकल्पनीय लोकप्रियताले उनलाई झनै व्यस्त बनाएको छ। रिलिजको पांच महिनामा नै १० करोड बढी भ्युज पाएको यो गीतको सफलतालाई लिएर दर्शक देखि सेलिब्रेटीसम्मले बधाई दिईरहेका छन् । यहि बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्गेशलाई बधाई दिएका छन्। प्रधानमन्त्रीले आइतबार बेलुका सामाजिक संजाल मार्फत दुर्गेशलाई बधाई दिएका हुन्।

सामाजिक संजालमा ओली लेख्छन्, ‘आजको नयाँ पिँढीले बेग्लै स्वादका गीत/ संगीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेकोहेर्‍यै’ गीतको भ्युवरबाट थाहा हुन्छ। दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन ( १० करोड) पुगेको छ। गीतका सर्जक दुर्गेश थापालाई बधाई !’

नयाँ पुस्ता र नयाँ कलाकारसंग ओली पछिल्लो समय जोडिने गरेका छन्। अझ उनको सामाजिक संजालको सक्रियता पनि लोभलाग्दो रहेको छ।

प्रतिक्रिया दिनुहोस्