‘लालीबजार’ की स्वस्तिमा खड्का


षटकोण आर्ट्सको प्रस्तुतीमा तयार हुने चलचित्र ‘लालीबजार; मा अभिनेत्री स्वस्तिमा खड्काले काम गर्ने पक्का भएको छ। निर्माण टिमले उनको क्यारेक्टर पोष्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोष्टरमा गर्भवती महिलाको रुपमा स्वस्तिमालाई प्रस्तुत गरिएको छ। गर्भवती भएपनि उनको मेकअप र एक्सप्रेसनले भने उनको भूमिका भिन्न रहेको स्पष्ट पर्छ। उनको यो लुक्स र चलचित्रको टाइटलले पनि यो चलचित्रको कथा रोचक हुने स्पस्ट पर्छ।

अभिनेत्री खड्काले चलचित्रको कथावस्तु र निर्माण टिमको कारणले आफू नयाँ फरक रुपमा प्रस्तुत हुन् तयार भएको बताइन ।
उनले भनिन्,‘मेरा अघिल्ला फिल्म भन्दा यसमा भिन्न स्वस्तिमा दर्शकले देख्नुहुनेछ । सार्वजनिक गरिएको पोस्टरले पनि धेरै कुरा भनिरहेको छ, म यो पात्रलाई जीवन्त बनाउन निकै उत्साहित छु ।’

दिपेश म्याक्स खत्री र रविन्द्र सिंह बानियाँ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता प्रदिप भट्टराई रहेका छन्। चलचित्रमा यम थापाको लेखन तथा निर्देशन रहेको छ। यो चलचित्र फागुन १ गतेबाट रिलिज हुने निर्माण पक्षले घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्