कस्तो छ शोभित बस्नेतको चलचित्र ‘पीआर’ टीजर ?
शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘पीआर ’को टिजर सार्वजनिक भएको छ। काठमाडौंमा बिहिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अष्ट्रेलियामा पीआरका लागि हुने गरेको संघर्ष र दुःख कथा समावेश गरिएको टिजर सार्वजनिक गरिएको हो ।

सलोन सलिना फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्रमा सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमल खत्री, नविन गयाल र कुशल थापाको अभिनय छ ।
नेपाल र अष्ट्रेलियामा छायांकन गरिएको चलचित्रमा लक्ष्मण सापकोटा र प्रदीप दाहालको लगानीमा रहेको छ। चलचित्रमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, मानस राज र भीम वीसीको संगीत, बन्दे प्रसादको सम्पादन, गणेश वुढाथोकीको लेखन, मनोज श्रेष्ठको भीएफएक्स छ ।