कस्तो लाग्यो अनमोल र प्रिन्सीको जोडी?, सुरु भयो ‘बाटुलो जुन’ छायांकन
अभिनेता अनमोल केसी र डेब्यु अभिनेत्री प्रिन्सी खतिवडा मुख्य भूमिकामा रहेको चलचित्र ‘बाटुलो जुन’ को आजबाट छायांकन सुरु भएको छ । धादिङको काउलेबाट यो चलचित्रको पहिलो चरणको छायांकन सुरुवात भएको हो। केही दिन पहिलो चरणको छायांकन गरेर बाँकी भदौमा चलचित्र खिच्ने तयारीमा निर्माण टिम रहेको छ।

छायांकन सुरु भएसँगै यसको निर्माणपक्षले चलचित्रका नायक अनमोल केसी र नायिका प्रिन्सी खतिवडाको लुक्स पनि सार्वजनिक गरेको छ ।
सार्वजनिक लुक्समा अनमोल दाह्री पालेर प्रिन्सीसँग केही हेरेर टोलाएको देख्न सकिन्छ । जीया केसीको लगानीमा बन्ने चलचित्रको बजेट २५ लाख बताइएको छ । अंगुर खेतीमा चलचित्र खिच्नुपर्ने भएकाले केही दिनका लागि टिम धादिङको काउले पुगेको हो । भुवन केसीले चलचित्रको निर्देशन गर्दैछन्।