‘बल्छी धुर्बे’ ले चलचित्र ‘गोबर गणेश’ बनाउने, को को छन् कलाकार?
सानो पर्दामा लामो समयबाट दर्शकलाइ मनोरन्जन प्रदर्शन गर्दै आएका कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ अब चलचित्र निर्माणमा जुटेका छन्। बल्छी धुर्बे फिल्मसको प्रस्तुतिमा तयार हुने चलचित्र ‘गोबर गणेश’ निर्माणको घोषणा गरिएको छ । यो चलचित्रलाई मरिचमानले निर्देशन गर्नेछन्। चलचित्रमा अभिनेत्री वर्षा शिवाकोटी अनुबन्ध भैसकेकी छिन्।

मरिचमानका टेलिचलचित्र ‘हल्का रमाइलो’ र ‘जुठे’ दर्शकमाझ लोकप्रिय छन् । मरिचमान आफैँ भने आफूले निर्देशन गर्ने चलचित्रमा अभिनय गर्नेछन् वा छैनन् केही खुलाएका छैनन् । चलचित्रमा बर्षाको साथमा पदम तामाङ, सन्तोष बानिया, माओत्से गुरुङ , सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु) रहेका छन् ।
“हामी कलाकार र प्राविधिकको नाम विस्तारै सार्वजनिक गर्दै जानेछौँ । अहिलेलाई हामीले टाइटल एनाउन्स गर्दै रिलिज डेट लक मात्रै गरेका हौँ,” निर्देशक मरिचमानले भने, “हाम्रो चलचित्रको कथा के हो पनि हामी आगामी दिनमा खोल्दै जाने नै छौँ । तर, जनरा भने नामबाटै प्रष्ट भइसकेको छ, हामी हसाउन आउने हो । कमेडीको जगमा गोबर गणेश आउनेछ ।” चलचित्र माघ १ गतेबाट रिलिज हुने निर्माण टिमले जानकारी दिएको छ।