सुगम र समिक्षाको ‘माया बस्यो’ मा केकी र राघवको प्रेम
सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर रहेको गीत ‘माया बस्यो’ बोलको गीत सार्वजनिक भएको छ । सरगम घतानको शब्द रहेको गीतमा योगेश काजीको संगीत रहेको छ। गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी र राघव दाहालको अभिनय रहेको छ ।

भिडियोलाई निराजन प्रधानले निर्देशन गरेका छन्। चलचित्र अभिनय र म्युजिक भिडियो अभिनयमा आफुलाई स्थापित गरेका निराजन केहि बर्षबाट अष्ट्रेलिया बस्दै आएका छन्। उनै निराजन म्युजिक भिडियो निर्देशन मार्फत पुन: रंगिन दुनियामा देखिएका हुन्।
अर्जुन तिवारीको डिओपी रहेको भिडियोमा प्रवीन श्रेष्ठलप सम्पादन र रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ। सक्सेस एजुकेसन एन्ड भिसा सर्भिसेसको सहकार्य रहेको भिडियोकी निर्मात्री सनुस्का दाहाल हुन् ।