‘जदौ’ मा साम्राज्ञीको ठाउँमा नीति शाह


केहि समय अगाडी अभिनेत्री साम्राज्ञी आरएल शाहले चलचित्र ‘जदौ मा काम गर्ने सम्झौता गरिन्। चलचित्रमा उनको जोडी मुकुन भुषालसंग बाधिने पक्का थियो। तर अन्तत: चलचित्रमा साम्राज्ञीको स्थानमा अर्की अभिनेत्री नीति शाहको प्रवेश भएको छ। मुकुनसंग अव नीतिको जोडी बाधिने छ। निर्देशक अहिलेसम्म सार्वजनिक नगरिएको चलचित्रमा साम्राज्ञीको समय नमिलेर नीतिलाई अनुबन्ध गरिएको बुझिएको छ । अन्तरजातिय प्रेमकथामा निर्माण हुने चलचित्रमा काजी लिम्बूको लेखन रहेको छ।

सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने चलचित्रको सहनिर्मातामा रामराजा सुवेदी,ओम चेम्जोङ,शान्ता तामाङ र नारायण शास्त्री छन् । बुद्धि माझीको निर्माण ब्यबस्थापन रहेको चलचित्रको छायांकन भदौ पहिलो साताबाट हुनेछ ।


बाबुल गिरीको संगीत रहेको चलचित्र दाङ तथा प्युठान जिल्लाका बिभिन्न स्थानमा खिचिने छ । सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले ‘जदौ’ को निर्देशक तथा बाँकी कलाकार,प्राबिधिक बारे केही दिनमै बिस्तृत जानकारी दिइने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्