‘मोहर’ को नयाँ गीतमा पल र बेनिशाको छमछमी


साउन २३ गतेबाट रिलिज हुने चलचित्र ‘मोहर’ को नयाँ गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक भएको छ। निर्माण टिमले आज सार्वजनिक गरेको गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द, एसडी योगीको संगीत छ ।

गीतको भिडियोमा चलचित्रका नायक पल शाह र नायिका बेनिशा हमाललाई फिचर गरिएको छ । गीतको भिडियोमा पल र बेनिशाको नोकझोक र नृत्य देखाइएको छ। यसअघि सार्वजनिक चलचित्रको शिर्ष गीतमा नायक पल शाह र नायिका नीति शाहको जोडीलाई देखाइएको थियो ।


यो गीतको भिडियोमा भने पलले लामो कपाल पालेका छन् । गीतमा कलाकार मिथिला शर्मा, बाल–कलाकार सारा शर्मालाई पनि देख्न सकिन्छ । फिल्म मेकर्स प्रा.लिको व्यारनमा निर्माण भएको चलचित्रका निर्माता चुम्बन जंग शाही हुन् । चलचित्रमा अर्जुन जंग शाही, रवीन्द्र झा, लक्ष्मी गिरीको पनि मुख्य भूमिका छ । चलचित्रलाइ ओम प्रतिकले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्