‘भाइटिका’ मा रेखा, विपिन र धिरज


रोहित अधिकारीको निर्माणमा तयार हुने चलचित्र ‘भाइटीका’ को कलाकार लाइनअप रोचक बन्दै गएको छ। नाफा साझेदारमा विपिन कार्की केहि दिन अगाडी चलचित्रमा अनुबन्ध भएका थिए। आगामी बर्षको तिहारमा रिलिज तयारीमा रहेको चलचित्रमा अन्य दुई कलाकारको प्रवेश भएको छ। चलचित्रमा अभिनेत्री रेखा थापा र अहिलेका डिमाण्डेड नायक धिरज मगरको प्रवेश भएको छ। निर्माण टीमले औपचारिक खबर सार्वजनिक नगरे पनि दुवैसंग सम्झौता भएको बुझिएको छ। चलचित्र रेखा विपिनको बहिनिको भूमिकामा देखिने बुझिएको छ ।


चलचित्रमा अझै एक नायक र नायिका अनुबन्ध गर्ने तयारीमा निर्माण टिम रहेको छ। महेश दवाडीको लेखन रहेको चलचित्रलाई दिपक वोलीले निर्देशन गर्नेछन्। यहि बर्ष छायांकन गर्ने तयारीमा निर्माण टिम रहेको छ। रोहितको निर्माणमा तयार भएको चलचित्र ‘माइतिघर’ यहि बर्षको फूलपातीमा रिलिज हुँदैछ। यो चलचित्र पनि स्टारकाष्टका कारण चर्चामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्