रुपेशको ‘एक्का तीन’ निर्माणको घोषणा, मुख्य भूमिकामा पूजा शर्मा


अभिनेत्री पूजा शर्मा मुख्य भूमिकामा रहेको चलचित्र ‘एक्का तीन’ को निर्माण घोषणा भएको छ। रुपेश तामाङ्गको निर्देशनमा तयार हुने चलचित्रलाई २०२६ मा रिलिज लक्ष्य राखिएको छ। यो चलचित्रको लागी पूजाले केहि समय अगाडी नै सम्झौता गरेकी थिइन्। रुपेशले यस अगाडी चलचित्र ‘दान्भी’ निर्देशन गरेका थिए। यो चलचित्रमा पनि पूजा मुख्य भूमिकामा रहेकी थिइन्। सुमन गजमेरको लेखन रहने यो चलचित्रलाई सन् २०२६ मा रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरेको छ ।


सार्वजनिक थीम पोस्टरमा हेलिकप्टर देखिन्छ । जुना फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको चलचित्रलाई एक्सन जनरामा निर्माण गर्न लागिएको हो । चलचित्रको थीम पोस्टरमा ठूलो विष्फोट समेत भएको देख्न सकिन्छ । थीम पोस्टरमा तीन जना पात्र छन् । जसमा दुई पुरुष र एक महिलालाई स्थान दिइएको छ । अन्य मुख्य पात्रहरुको बारेमा निर्माणपक्षले केही पनि खुलाएको छैन । ‘एक्का तीन–च्याप्टर १’ भनिएकाले पनि यो चलचित्रको दोस्रो सिरिज पनि बन्ने संकेत निर्माणपक्षले दिएको छ ।

यसपटक चलचित्रमा एक्सन, सस्पेन्स र बलियो कथा रहेको रुपेशको भनाई छ । आफूले यसअघिका चलचित्रमा गरेका कमीकमजोरीलाई समेत सच्च्याएर निर्देशन गर्ने रुपेश बताउँछन् । चलचित्रको छायांकन चाडै नै सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्