विकास बोर्डलाई बर्षाको प्रश्न, तर आफैमा देखिएको रिसर्चको कमी


चलचित्र विकास बोर्डले आयोजना गर्ने ‘राष्ट्रिय चलचित्र पुरस्कार’ को बर्ष २०८१ को अवार्ड आज राष्ट्रपति कार्यलय शितल निवासमा सम्पन्न भएको छ। यो बर्षका लागी विजय बराल र उपासना सिंह ठकुरी उत्कृष्ट अभिनेता र अभिनेत्रीको रुपमा सम्मानित भएका छन्।

यस्तो छ बर्षाको पोष्ट

निर्णायक समितिको बिशेष प्रोत्साहन पुरस्कार अभिनेता प्रदिप खड्काले प्राप्त गरे । प्रदिपलाई दिनेश डिसीको निकट मानिने गरिन्छ । तर यहि कारण उनले प्रोत्साहन पुरस्कार पाए भन्ने चै हैन। तर प्रोत्सहान पुरस्कार प्राप्त गर्ने बित्तिकै अभिनेत्री बर्षा शिवाकोटीले सामाजिक संजालमा प्रश्न उठाएकी छिन्। उनले महिला कलाकारलाई प्रोत्साहन गर्ने विकास बोर्ड अध्यक्ष कहिले पाउने भनेर प्रश्न समेत गरेकी छिन् । तर बर्षाले बिर्सिएको हुन् सक्छ अघिल्लो बर्ष मात्रै ‘निर्णायक समिति प्रोत्साहन पुरस्कार, अभिनेत्रीः स्वस्तिमा कार्की (टुल्की)’ ले पाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्