प्रदर्शन मिति तय गर्दै ‘चमेलीको पोई’ को पहिलो झलक रिलिज
चलचित्र ‘चमेलीको पोई’ को प्रदर्शन मिति तय भएको छ। एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार चलचित्रको तीन वटा पोस्टर सार्वजनिक गर्दै चैत्र १३ गते प्रदर्शन मिति घोषणा गरिएको हो । रामनवमीको अवसर पारेर चलचित्र रिलिज हुनेछ। धन लक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा तयार भएको चलचित्रमा सुनिता सापकोटा र राम नारायण उपाध्यायको लगानी, उदय बिक्रम राणा र रितु मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन्।

सार्वजनिक पोष्टरको केन्द्रमा मुकुन भुषाल र सुरक्षा पन्त रहेका छन्। यो चलचित्रमा सुरक्षा पन्त, मुकुन भुसाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारहरूको अभिनय छ । चमेलीको भूमिकामा सुरक्षा देखिएकी छिन् भने मुकुन उनको श्रीमानको भूमिकामा देखिएकी छिन् । हाँस्य कलाकार नारायण त्रिपाठीले यहि चलचित्र मार्फत कमब्याक गर्दैछन् । चलचित्रमा शेर बहादुर तामाङको छायांकन, बन्दे शाह र सुजन वडालको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको एक्सन, शिवम् अधिकारीको पटकथा तथा संवाद रहेको छ।