एलिनाले सार्वजनिक गरिन् चोटले भरिएको तस्विर
गायिका एलिना चौहान र बिष्णु सापकोटाको सम्बन्धको समाचार नौलो नभए पनि दुवै बीचको डिभोर्सको कारण विस्तारै सार्वजनिक हुँदै गएको छ। केहि मिडियामा एलिनाले बिष्णुले गरेको घरेलु हिँसाको खबर सार्वजनिक गरेपछि बिष्णुले आज आफ्नो स्पष्टीकारण सार्वजनिक गरेका थिए। उनले आफु मानसिक दवावमा रहेको र कानूनी बाटोमा अगाडी बढेको पोष्ट गरेका थिए। उक्त खबर हामीले सार्वजनिक गरिसकेका छौ।

बिष्णुले यस्तो पोष्ट गरेपछि एलिनाले एक फोटो सार्वजनिक गरेकी छिन् । अनुहार र आँखामा चोट सहितको सार्वजनिक तस्विरले उनीमाथी कुटपिट भएको स्पष्ट देखिन्छ। उनले आफु कानुनी प्रक्रियामा जान किन बाध्य भए र पिडा के थियो आफ्नो पोष्टमा उल्लेख गरेकी छिन्। उनी लेख्छिन्, यो लडाइँ मेरो व्यक्तिगत मान्छेसँग होइन। यो लडाइँ हो—त्यस मानसिकतासँग,जसले सत्य बोल्ने नारीलाई नै दोषी बनाउँछ। जसले पीडितलाई नै कठघरामा उभ्याउँछ।’
यस्तो छ एलिनाको पोष्ट
हामीबीचको कुरा त आपसी समझदारीमै त्यही दिन सकिएको थियो।
तर समाजकै दवाव, सामाजिक सञ्जालको दुरुपयोग, र सतही धारणाले
त्यो सकिएको कुरा फेरि दोहोर्याएर मेरो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय गर्यो।
म कानुनी प्रक्रियामा जान बाध्य भएँ।
म आफ्नो चरित्रको बचाउ गर्न बाध्य भएँ।
मैले मेरो विगत खोल्नुपर्यो—त्यो विगत जुन आज मेरो जीवनसँग सम्बन्धित छैन।
त्यो सम्बन्धसँग मेरो कुनै दुश्मनी थिएन,
न कुनै बदला लिने सोच।
स्पष्ट भन्न चाहन्छु—
यो लडाइँ मेरो व्यक्तिगत मान्छेसँग होइन।
यो लडाइँ हो—त्यस मानसिकतासँग,
जसले सत्य बोल्ने नारीलाई नै दोषी बनाउँछ।
जसले पीडितलाई नै कठघरामा उभ्याउँछ।
जब मैले आफ्ना भोगाइहरू सुनाएँ,
म माथि फेरि प्रश्नहरू उठाइए—‘किन अहिले?’, ‘किन फेरि?’
तर मलाई थाहा छ—यो देश अझै पनि पुरुषप्रधान सोचमा जकडिएको छ।
यहाँ सत्य बोल्नेलाई नै अपराधी बनाइन्छ।
तर अब म चुप लाग्दिन।
अब यो केवल मेरो न्यायको लडाइँ होइन,
यो हरेक नेपाली चेलीको आवाज हो।
म हरेक कानुनी, सामाजिक र नैतिक बाटो अपनाएर
न्यायका लागि अगाडि बढ्नेछु।
किनकि म एक्लो भए पनि,
सत्य मेरो साथमा छ।