आस्था र आश्माको गीत ‘कम्मरै भाँचेर’ सार्वजनिक


गायिका आस्था राउतको नयाँ गीत सार्वजनिक भएको छ । आस्थाले ‘कम्मरै मर्काएर’ बोलको गीत युट्युब च्यानल म्युजिक नेपालमार्फत सार्वजनिक गरेकी हुन् ।

खुसी र सुखी हुँदै जिउनु पर्छ भन्ने सन्देश दिने गीत डान्सिङ नम्बरमा छ । गीतले जिन्दगी हास्दै, गाउँदै र नाच्दै खुसी भएर बाच्न प्रेरित गर्छ । खुसी हुन र हास्न उमेरले नछेक्ने गीतले दिन खोजेको सन्देश रहेको छ ।


गीतको भिडियोमा आस्मा विश्वकर्माको बोल्ड नृत्य छ । ठूलै संख्यामा कोरस राखेर निर्माण गरिएको भिडियो आकर्षक र स्तरीय छ । शान थापाले निर्देशन गरेको भिडियोको कोरियोग्राफी रोशन बिकले गरेका छन् । महिलालाई खुलेर जिउन र सुखी हुन गीतले सन्देश दिएको उनी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्