‘सुम्निमा’ मा अनिकेत पाख्रिन लामा अनुबन्ध


मिलन चाम्सको निर्देशनमा तयार हुने चलचित्र ‘सुम्निमा’ मा नव अभिनेता अनिकेत पाख्रिन लामा अनुबन्ध भएका छन्। भारतीय रियालिटी शो स्प्लिट्सभिल्ला को १४औं सिजनमा उत्कृष्ट ८ मा पर्न सफल अनिकेतको फ्यान फलोइंग राम्रो रहेको छ। उनको लुक्स पनि राम्रो रहेका कारण चलचित्रमा उनको उपस्थिति बलियो हुने अनुमान गरिएको छ । अडिसन मार्फत उनलाई चलचित्रमा छनोट गरिएको निर्देशक चाम्सले बताए ।

नयाँ अनुहार भए पनि अनिकेतको आत्मविश्वास, व्यक्तित्व र क्यामेरा अघि प्रस्तुत हुने शैलीले निर्माण टिमलाई आकर्षित गरेको निर्देशकको भनाइ छ। चलचित्र ‘सुम्निमा’ मार्फत अनिकेत पाख्रिन लामा नेपाली चलचित्र उद्योगमा डेब्यू गर्दैछन्।

गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सह-निर्माणमा बन्ने चलचित्र ‘सुम्निमा’ विशुद्ध प्रेमकथामा आधारित हुनेछ। यसअघि अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता कुन्साङ बमजन र अनुप बिक्रम शाही चलचित्रमा अनुबन्धित भइसकेका छन्। चलचित्रको लेखन राजीव थापाले गरेका हुन् भने छायांकन आउँदो अगस्टदेखि लन्डन र नेपालमा सुरु हुने तयारी छ।

प्रतिक्रिया दिनुहोस्