नीताको ‘सुख दु:ख’ मा मदनकृष्ण श्रेष्ठ अनुबन्ध


नीता ढुङ्गाना अधिकारीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘सुख दुःख’ मा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अनुबन्ध भएका छन्। निर्माण टिम र मदन कृष्णबीच शुक्रबार औपाचारिक सम्झौता भएको छ। मदनकृष्णलाई अनुबन्ध गरेपछि नीताले भनिन्, ‘चलचित्रको स्क्रिप्ट सुनाउँदा उहाँ भावुक हुनुभयो। स्क्रिप्टलाई उहाँले मन पराएपछि अभिनय गर्नका लागि उत्साहित देखिनुभयो।

चलचित्र मा यस अगाडी कलाकार मिथिला शर्मा अनुबन्ध भैसकेकी छिन्। अन्य कलाकार बिस्तारै सार्वजनिक गर्ने तयारीमा निर्माण टिम रहेको छ।चलचित्रको छायांकनका लागि चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाल अनुबन्धित भइसकेका छन्। ‘नीता फिल्म्स’ को ब्यानरमा बन्न लागेको चलचित्र आगामी वर्ष दसैंको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याउने योजना निर्माण पक्षको छ।

प्रतिक्रिया दिनुहोस्