‘छत्तिसको आँकडा’ मा एकसाथ रेखा थापा र पूजा शर्मा


नेपाली चलचित्र क्षेत्रमा सधै चर्चामा रहने दुई अभिनेत्री हुन् , रेखा थापा र पूजा शर्मा । सुपरस्टार रेखा थापाको क्रेज नेपाली दर्शकमाझ खसी घटेको छैन। पूजाको पनि चर्चा उस्तै छ। यी दुवैलाई दर्शकले चलचित्रमा ‘उपहार’ मा एकसाथ देखेका थिए। अव यी दुईसंगै चलचित्रमा देखिने भएका छन्।

सवीर श्रेष्ठको निर्देशनमा बन्ने चलचित्र ‘छत्तिसको आँकडा’ मा दुवैले सहकार्य गर्नेछन्। यो चलचित्रको अफिसियल पोष्टर सुट भैसकेको श्रोत बताउँछ। यही शनिबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभ–मुहूर्त गरेर छायांकन सुरू गर्ने तयारीमा निर्माण टिम रहेको छ। काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा रेखा र पूजासँगै अभिनेता महेश त्रिपाठीको पनि अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्