दीपाश्री निरौला निताको ‘पार्वती’ मा अनुबन्ध


निता ढुंगानाको निर्देशनमा तयार हुने चलचित्र ‘पार्वती’ को पोष्टर र रिलिज मिति तय भैसकेको छ। यो चलचित्र दिपाश्री निरौला रहने खबर केहि समय अगाडी नै बाहिरिएको थियो। तर उनले चलचित्रका लागी औपचारिक सम्झौता भने गरेकी थिइनन्। निता र दिपाबीच मंगलबार चलचित्रमा काम गर्ने औपचारिक सहमति भएको छ।

‘हामीबीच सल्लाह सुझाव भइरहेको थियो,मौखिक रुपमा हामी ओके थियो,’दीपाश्रीलाई चलचित्रमा अनुबन्ध गर्दै निताले भनिन्,‘मंगलबार चाही फाइनल हुनु भएको छ दिदी। मेरो प्रोजेक्टमा दिदी हुनु मेरो लागि ठुलो कुरा हो।’ निताले दीपालाई नायिकाको रुपमा अनुबन्ध गरेको बताईन्। चलचित्रमा अनुबन्ध भएपछि दीपाश्रीले १२ वर्षअघि नितासंगको सहकार्यलाई सम्झिइन्।

‘आजभन्दा १२ वर्षअघि अर्थात वि.स.२०७० सालमा ‘छ एकान छ’ मा हामीलाई हेल्प गरेकी थियौँ,’दीपाले निताको तारिफ गर्दै भनिन्,‘१२ वर्षपछि खोलो फर्कियो भने जस्तै मलाई अनुबन्ध गराएकी छौँ ‘पार्वती’मा । अहिले यो साउनको महिना,शिव पार्वती जोडिएको महिना र पार्वती जस्तो चलचित्रमा लिड रोलमा मौका पाए। धन्यवाद छ मलाई सम्झेकोमा।’

चलचित्र आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउनेछ। चलचित्रमा नीता,दीपाश्री बाहेक अन्य कलाकारहरूको नाम भने निमाृण टिमले खुलाएका छैनन्। चलचित्रको कथा नीता ढुंगानाले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन्। छायांकन कविर लाल र शाहिद लालले गर्नेछन्। चलचित्रमा सावित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगानाले लगानी गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्