धिरज मगरलाई १४ करोड बढीको क्षतिपूर्ति माग गर्दै उजुरी दर्ता


अभिनेता धिरज मगरलाई चलचित्र निर्माता संघमा उजुरी परेको छ। चलचित्र ‘एरी’ को निर्माण कम्पनीले उनि विरुद्ध १४ करोड बढीको क्षतिपूर्ति माग गर्दै उजुरी दिएको हो। भदौ २ गते उजुरी संघमा दर्ता भैसकेको छ । निर्माता कम्पनी मल्टिमेट प्रालिका तर्फबाट कमलबहादुर आलेले संघमा उजुरी दिएका छन्।

धिरजले चलचित्रको लागी १६ दिन समय दिएको र सहमित अनुसार बाँकि २८ दिन समय नदिएको आरोप निर्माण पक्षको रहेको छ। १० लाख पारिश्रमिक मध्ये धिरजले ४ लाख लागेको उल्लेख छ । धिरजले समय नदिदा आफुलाई पुगेको क्षति बराबर कूल १४ करोड ७९ लाख ५१ हजार ९५३ रुपैयाँको क्षतिपूर्ति माग गरिएको छ।

धिरज यतिबेला चलचित्र ‘मैझारो’ को छायांकनमा रहेका छन्। उनको तर्फबाट कुनै प्रतिक्रिया बाहिरिएको छैन। करिब १ महिना ढोरपाटन क्षेत्रमा छायांकन गरिएको चलचित्रको सुटिङ्ग यतिबेला रोकिएको छ।

प्रतिक्रिया दिनुहोस्