‘बेहुली फ्रम मेघौली’ निर्देशकको नयाँ चलचित्र ‘जिरो डिग्री’ मा विजय बराल
अभिनेता विजय बरालको व्यस्तता अहिले उचाइमा रहेको छ। उनी एकपछि अर्को चलचित्रमा अनुबन्ध भैरहेका छन्। यहि बीचमा ‘बेहुली फ्रम मेघौली’का निर्देशक सजन काफ्ले र आकाश बरालको नयाँ चलचित्र ‘जिरो डिग्री’ विजय अनुबन्ध भएका छन् ।

मेघौली फिल्म्सको ब्यानरमा बन्ने चलचित्रको सोमबार ‘मिनिमल’ पोस्टर सार्वजनिक गरियो। सडकको पहुँच नभएको गाउँमा आफ्ना मातापिताको निधन हुँदा विदेशमा रहेका छोराछोरी आई पुगुन्जेलसम्म शव जोगाउन डीप फ्रिज बोकेरै गाउँमा भित्राएपछि सिर्जना हुने उथलपुथलमा केन्द्रित चलचित्रको कथा राजन भुषालले लेखेका हुन्। पटकथा र संवाद निर्देशकद्वयले लेखेका हुन् । ’जिरो डिग्री’ को छायाङ्कन ‘कबड्डी ५’ को छायांकन सकिएपछि मात्र हुनेछ । चलचित्रको कार्यकारी निर्माता मोती कार्की हुन् ।