कृषाको जन्मदिनमा ‘पारस’ घोषणा, हिरोमा अनमोल केसीको सम्भावना उच्च


निर्देशक कृषा चौलागाईले आफ्नो जन्मदिनको अवसरमा नयाँ चलचित्र ‘पारस’ को निर्माण घोषणा गरेकी छिन्। बुधबार आयोजित जन्मदिन बिशेष कार्यक्रममा उनले नयाँ चलचित्र निर्माण घोषणा गरेकी हुन्। कृषाको कथा र निर्देशन रहने चलचित्रमा बिशाल चौलागाईको लगानी रहनेछ। बिशाल र कृषा दिदि- भाई हुन्। सचिन लदियाले लेखेको चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्नेछन्। कृषा, पुरुषोत्तम र बिशालले चलचित्र ‘ऐचो पैचो’र ‘पिताम्बर’ मा सहकार्य गरिसकेका छन्।

केपी फिल्मस्का व्यानरमा निर्माण हुने चलचित्र फागुनबाट छायांकनमा जानेछ। एक्सन लभस्टोरी जनरामा चलचित्र बन्नेछ। ‘पारसको बारेमा भन्नुपर्दा पहिलो पटक नेपालमा आएर सचिन लदिया लेखन कार्य सुरु भएको छ,‘निर्देशक कृषाले चलचित्रको बारेमा जानकारी दिदै भनिन्,‘यहि हो अहिले जानकारी दिन मिल्ने। पछि भेट्ने फेरि बहानै हुँदैन।’ चलचित्रका कलाकार र प्राविधिक सार्वजनिक गरिएको छैन।

तर यो चलचित्रको पहिलो रोजाईको अभिनेता अनमोल केसी रहेको बुझिएको छ। उसो त अनमोललाई लिएर ‘पारस’ निर्माण हुने घोषणा भएको पहिले नै हो। माधव वाग्ले हुँदै भुवन केसीको हातमा पुगेको चलचित्रको कप्तानीको जिम्मेवारी कृषाले सम्हालेकी हुन्। अनमोल चलचित्रका लागी सकारात्मक रहेको बुझिएको छ। सवै कुरा मिलेमा आकर्षक पारिश्रमिकमा अनमोल चलचित्रमा अनुबन्ध हुने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्