करिश्मा मानन्धरले नेकपा एमाले त्यागेको घोषणा
अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमाले त्यागेको घोषणा गरेकी छिन्। उनले फेसबुकमार्फत पार्टी त्याग गरेको घोषणा गर्दै आफू जनताकै कलाकार बनिरहन चाहेको बताएकी छन् ।

उनी लेख्छिन्, ‘अहिलेसम्म कुनै राजनीतिक संस्थामा मेरो संलग्नता यी सबै मूल्य र प्राथमिकताको हितमा मात्र थियो । तर आजदेखि म कुनै राजनीतिक दल वा संगठनसँग आबद्ध नभएको कुरा स्पष्ट पार्न चाहन्छु ।’ म जनताकै कलाकार थिएँ । जनताकै आवाज थिएँ । आगामी दिनमा पनि त्यही रुपमा रहिरहन चाहन्छु ।’