पुराना सवै पार्टीलाई त्यागेको स्वेता खड्काको घोषणा


अभिनेत्री श्वेता खड्काले पुराना सवै पार्टीलाई पूर्ण रुपमा त्यागेको घोषणा गरेकी छिन्। उनलाई कांग्रेस निकट रहेको बताइन्छ। तर उनले सामाजिक संजालमा पोष्ट गर्दै पूर्ण रुपमा कुनै पनि पार्टीमा नरहेको घोषणा गरेकी छिन्।

‘आजदेखि, यदि मेरो घरका सदस्य वा आफन्तहरूले यी पुराना पार्टीहरूको समर्थनमा गर्व गर्छन् भने, म ती सबै पार्टीलाई पूर्ण रूपमा त्यागेको घोषणा गर्दछु ।
रातभरि निद्रा लागेन, आज मन धेरै भारी भएको छ। आमा भएकी नाताले सन्तान गुमाएकी आमा सम्झिँदै छु। र यो जन्मभूमि आमालाई रुवाएको कालो दिन पनि नेपाल आमाका लागि खुशी–खुशी ज्यान अर्पण गर्ने सबै सपुतहरूलाई भावपूर्ण श्रद्धाञ्जली ‘’

प्रतिक्रिया दिनुहोस्