‘महादशा’ मा निरुता सिंह र उत्तम प्रधान अनुबन्धित


चलचित्र ‘महादशा’ मा अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंह अनुबन्ध भएका छन्। नेपाली चलचित्र क्षेत्रको सफल जोडीको रुपमा परिचित यो जोडीलाई पुन दर्शकले पर्दामा हेर्न पाउने भएका हुन्।

किरण नेपालीको निर्देशनमा तयार हुने यस चलचित्रमा समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई प्रस्तुत गरिने बताइएको छ। कलाकारको घोषणासँगै चलचित्रले दर्शकमाझ थप उत्सुकता जगाएको छ। लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्ने चलचित्रमा प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङको अभिनय रहनेछ ।

मनिष गौतमले लेखेको चलचित्रमा राजेन्द्र के शाह, श्याम मगर र अमला देवी राईले लगानी गरेका छन्। सुरज आचार्य कार्यकारी निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्