सलमानको ‘गलवान’ मा अनुप भिलेन, एक्सन दृश्य खिचियो


अभिनेता अनुपबिक्रम शाहीले बलिउड डेव्यु गरेका छन् । सलमान खानको नयाँ चलचित्र ‘गलवान’ मा अनुपविक्रम भिलेनको रुपमा देखिदैछन्। यो चलचित्रको पहिलो चरणको छायांकन सकिएको र यसमा अनुप भिलेनको रुपमा रहने बताइएको छ । चलचित्रमा सलमानसंग उनको १३ मिनेट लामो एक्सन सिन समेत रहेको छ। अनुप, चीनको मुख्य भिलेनको रुपमा देखिदैछन्।

‘गलवान’मा चीन र भारतका सैनिकबीच पाँच फरक–फरक झडपको छायांकन गरिएको छ र यो दृश्य छायांकनका लागि ३ सय सैनिकलाई समावेश गरिएको छ । थाइल्याण्डबाट १५ जना भन्दा बढी एक्सन टीम बोलाएर दृश्य खिचिएको थियो ।
पहिलो चरणको छायांकन लद्दाखको लोकेशनमा खिचिएको थियो भने दोस्रो चरणको छायांकन मुम्बईमा लगाइएको स्टुडियोमा गरिनेछ ।

मौसमका कारण लद्दाखमा खिच्न नसकिएको दृश्य मुम्बईमा सेट लगाएर गर्ने तयारी गरिएको छ। चलचित्रमा सलमानले कर्नेल सन्तोष बाबुको भूमिका निर्वाह गरेका छन् भने चित्रांगदा सिंह सलमानकी श्रीमतीको रुपमा देखिदैछन् ।

प्रतिक्रिया दिनुहोस्