फेरी सर्यो ‘अभिमन्यु : च्याप्टर १’ , अव कार्तिकमा प्रदर्शन हुने


चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को निर्माण टिमलाई आफ्नो चलचित्र रिलिज गर्न सकस परिरहेको छ। चलचित्रको रिलिज मिति पटक पटक सरिरहेको छ। असोज २४ गतेलाई आफ्नो नयाँ रिलिज मिति घोषणा गरेको चलचित्र पुन: उक्त मितिमा नआउने भएको छ। जेनजी आन्दोलन देखि देशमा आएको प्राकृतिक प्रकोपको प्रभावले चलचित्र पटकपटक सरिरहेको छ । अव चलचित्र कार्तिक २१ गतेबाट रिलिज हुनेछ।

चलचित्रका निर्माता विनोद पौडेलले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्टाटस लेख्दै नयाँ प्रदर्शन मितिको जानकारी दिएका हुन् ।

यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा एकसाथ नेपाल भरका चलचित्र हलहरूमा प्रदर्शन गरिनेछ । यसका साथै, भारत र विश्वका विभिन्न देशहरूमा समेत कार्तिक २१ गतेदेखि नै यसको विश्वव्यापी प्रदर्शन हुने निर्माण पक्षले बताएको छ । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्रमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल लगायत कलाकारहरू मुख्य भूमिकामा छन् ।

चलचित्रको निर्देशन सुशान्त गौतमले गरेका छन् भने मदन थापा क्रिएटिभ निर्देशकका रूपमा रहेका छन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ । विनोद पौडेल र गुञ्जन गिरि निर्माता रहेको चलचित्रमा रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता, विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्