अनमोल केसीको स्वास्थ्यमा समस्या


अभिनेता अनमोल केसी केहि दिनबाट विरामी परेका छन्। ज्वरो लगायतको स्वस्थ्य समस्याका कारण उनि यतिबेला घरमै आराम गरिरहेका छन्। सोहि कारण उनी आफ्नो प्रतिक्षित चलचित्र ‘जेरी अन टप’ को ट्रेलर रिलिज कार्यक्रममा उपस्थित हुन् सकेनन्।

उनको बिहिबार अस्पताल लगेर चेकअप गराएर दबाई लिएपनि आज पनि स्वास्थ्य ठिक नभएको अभिनेता भुवन केसीले जानकारी दिए। उनले आज आयोजित प्रेसमिट कार्यक्रममा अनमोलको स्वास्थ्य अवस्था बारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्