राजन राज शिवाकोटीलाई युकेमा सम्मान
बेलायत I बडादशैं २०८२ को अवसरमा Gurkhas Company UK ले विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै चर्चित गायक तथा सङ्गीतकार राजन राज शिवाकोटीलाई नेपाली गीत–सङ्गीत क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदर स्वरूप सम्मान गरेको छ।

कार्यक्रममा शिवाकोटीलाई नेपाली सङ्गीतको समृद्धि, मौलिकता र पहिचानलाई विश्वभर फैलाउन गरेको योगदानका लागि प्रशंसा गर्दै सम्मानपत्र र स्मृतिचिन्ह प्रदान गरिएको थियो ।
Gurkhas Company UK का प्रतिनिधिहरूले शिवाकोटीको सिर्जनाले परदेशमा रहेका नेपालीहरूलाई मातृभूमिसँग भावनात्मक रूपमा जोड्ने कार्य गरेको बताएका थिए।

शिवाकोटीका आधुनिक गीतका प्रस्तुतिहरूले बेलायती नेपाली समुदायमा उत्सवमय वातावरण सिर्जना गरेको थियो।
कार्यक्रमले परदेशमा पनि नेपाली कला, संस्कृति र सङ्गीतप्रति सम्मान र गर्वको भावना थप बलियो बनाएको छ ।
यस अघि BGNC को कार्यक्रम सफलता पूर्वक सम्पन्न गरिएको कुरा BGNC का चेयरपर्सन नन्द राज राईले बताए । शान्तिको लागी सङ्गीत यहि आउदो अगस्ट 11 र 19 मा Sheffield र म्यानचेस्टर आयोजना गर्न लागिएको कुरा Sheffield Bhutanese Community का चेयरपर्सन सोम लिम्बुले जानकारी दिए,
यी दुवै कार्यक्रममा गायक तथा सङ्गीतकार राजन राज शिवाकोटीको प्रस्तुति रहनेछ ।