‘बरिष्ठ बलराम’ को ‘न्यौली बनैमा’ हिट, कति होला चलचित्रलाई फाइदा ?
गीतसंगीतले नेपाली चलचित्रमा निकै ठुलो अर्थ राख्ने गर्दछ। एक गीतले नै चलचित्र प्रति दर्शकले दिएको साथ यस अगाडी धेरै रहेका छन्। सामाजिक संजालमा गीतले चर्चा पाएसंगै चलचित्र प्रति दर्शकको कौतुहलता निकै बढ्ने गरेको छ। यहि बीचमा रिलिज तयारीमा रहेको चलचित्र ‘बरिष्ठ बलराम’ मा समावेश एक गीत यतिबेला निकै चर्चामा रहेको छ। केहि समय अगाडी सार्वजनिक गीत ‘न्यौली बनैमा’ यतिबेला चर्चामा रहेको छ ।

सार्वजनिक भएको दुई हप्तामा गीतले युट्युवमा ५३ लाख बढी भ्युज पाएको छ। टिकटक लगायतका सामाजिक प्लेटफर्ममा पनि यो गीत निकै लोकप्रिय रहेको छ। शान्ती श्री परियार र प्रशान्त शिवाकोटीको आवाज गीतमा रहेको छ। प्रशान्त शिवाकोटीको शब्द रचना र संगीत गीतमा रहेको छ। एक युगल जोडीको प्रेमकथा प्रस्तुत गीतको भिडियोमा विजय बराल र समृद्धि अर्याल छन् । यो गीतको सफलताले चलचित्रको प्रमोशनमा ठुलो मद्धत मिलेको छ।
केहि दिन अगाडी सार्वजनिक ट्रेलरले पनि दर्शकको सकारात्मक साथ पाएको छ । १४ लाख बढी भ्युज ट्रेलरमा मिलेको छ। सुरेन्द्र पौडेल निर्देशित चलचित्र कार्तिक ६ गते भाइटिकाबाट रिलिज हुँदैछ। चलचित्रमा दयाहाङ राई, विजय बराल, सम्वृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ । बिशेष गरि सधै साथ देखिने दया र विजयको टकराव यो पटक दर्शकले कौतुहलतापुर्वक हेरेका छन्। वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा निर्देशक पौडेलकै कथा र सम्पादन र महेश दवाडीको पटकथा लेखेका छ। आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी घिमिरे हुन् ।