चलचित्र ‘पाँच पाण्डव’ मा हरिवंश र दिपाश्रीको प्रवेश
चलचित्र ‘पाँच पाण्डव’ को । काठमाडौंको गणेशथानमा शुभमुहूर्त गरिएको छ । वसन्त निरौलाको निर्देशनमा तयार हुने चलचित्रका कलाकार र प्राविधिक टिमको उपस्थितिमा मुहर्त गरिएको हो। चलचित्रको शिर्ष भूमिकामा हरिवंश आचार्य, दिपाश्री निरौला, सिताराम कट्टेल (धुर्मुस), जितु नेपाल, सागर लम्साल (बले) र रजनी गुरुङ्ग रहेका छन्। अन्य केहि कलाकार चलचित्रमा रहने बताइएको छ।

यस अगाडी चलचित्रमा दिपकराजा गिरि र कुन्जना घिमिरे ‘सुन्तली’ रहने चर्चा थियो। तर दुवैको नाम चलचित्रको टिमले उपलब्ध गराएको विवरणमा रहेको छैन। बाँकी को को कलाकार चलचित्रमा रहने भन्ने पनि निर्माण टिमले उल्लेख गरेको छैन। काली रानी फिल्मस्को प्रस्तुतिमा निर्माण हुने चलचित्रमा काली रानी श्रेष्ठ निर्माता र नविन श्रेष्ठ प्रस्तुतकर्ता रहेका छन्। चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका छन् ।





