‘जेरीः अन टप’ को सफलतापछि ‘बाटुलो जुन’ को यात्रा सुरु गर्दै अनमोल केसी


अभिनेता अनमोल केसी यतिबेला करियरको उच्चतम बिन्दुमा रहेका छन्। चलचित्र ‘जेरीः अन टप’ को सफलताको स्वाद लिईरहेका केसीको करियरको सर्वाधिक कमाई गर्ने चलचित्र पनि यहि हो। यो चलचित्रको सफलतासंगै उनि अर्को चलचित्रको तयारीमा जुटेका छन्। होम प्रोडक्सनको चलचित्र ‘बाटुलो जुन’ को वर्कसपमा उनि जोडिएका छन्। चलचित्रको केही दृश्यको छायांकन दशैं अगाडि भइसकेको छ ।

चलचित्रका निर्माता तथा निर्देशक भुवन केसी हुन्। चलचित्रमा अनमोलको जोडी प्रिन्सी खतिवडासँग बाँधिएको छ। अव चलचित्रमा समावेश २ गीतको छायांकन गरिनेछ। त्यसपछि जाडो महिना लगत्तै चलचित्रको बाँकी भागको छायांकन हुनेछ। द सुपर काजोल फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्रको स्क्रिप्ट सरिन पोखरेल र सामिप्यराज तिमिल्सिनाले लेखेका हुन्।

प्रतिक्रिया दिनुहोस्