‘सुम्निमा’ बाट नेपाली चलचित्रमा डेव्यु गर्दै सोल गुरुङ
मिलन चाम्सको निर्देशनमा तयार भैरहेको चलचित्र ‘सुम्निमा’ बाट सोल गुरुङले नेपाली चलचित्र क्षेत्रमा डेव्यु गर्ने भएकी छिन्। लन्डनमा पहिलो चरणको छायांकन सकेर नेपाल फर्किएको निर्माण टिमले सोललाई मुख्य अभिनेत्रीको रुपमा अनुबन्ध गरेको हो। केहि म्युजिक भिडियोमा अभिनय गरिसकेकी सोल लन्डन निवासी हुन्।

गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण भैरहेको चलचित्र प्रेमकथामा आधारित रहेको छ। चलचित्रमा सोल गुरुङ, कुन्साङ बमजन, अनुप विक्रम शाही, धिरेन शाक्य, माओत्से गुरुङ, सुरज तमु, आकाश सुनुवार, सलिना थापा, सुस्मा सुब्बा प्रमुख भूमिकामा देखिनेछन्।
निर्देशक चाम्सका अनुसार चलचित्र युनिभर्सल कथामा आधारित रहनेछ र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरी निर्माण गरिनेछ। राजीव थापाको लेखनमा तयार भइरहेको ‘सुम्निमा’ को दोस्रो चरणको छायांकन अब नेपालमा हुनेछ।





