‘अभिमन्यु : च्याप्टर १’ को नयाँ पोष्टरमा के छ ?


पटक पटक रिलिज मिति सार्दै आएको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रको निर्माण टिमले आफ्नो नयाँ पोष्टर सार्वजनिक गरेको छ। चलचित्रका अधिकांश कलाकारलाई पोष्टरमा समावेश गरिएको छ।

कामेश्वर चौरसिया, लक्ष्मी बर्देबा, किरण श्रेष्ठ, सरिता गिरी, शिशिर बाङदेल, गौमाया गुरुङ, प्रकाश दाहाललगायत कलाकार पोस्टरमा अटाएका छन् । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिँदै छ ।

चलचित्र प्राविधिक र कथानक दुवैमा बलियो रहेको निर्माणपक्षले दाबी गर्दै आएको छ । तराईको सेटअपमा रहेको चलचित्रले तराईको कथा भन्ने संकेत गरेको छ ।

सुशान्त गौतमले निर्देशन गरेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ । विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको चलचित्रमा रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता र कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्