भुवनको निर्देशनमा अनमोल र प्रिन्सीले सुरु गरे ‘बाटुलो जुन’ को यात्रा
भेट्रान अभिनेता भुवन केसीको निर्देशनमा तयार हुने चलचित्र ‘बाटुलो जुन’ को मुहर्त सम्पन्न भएको छ । ९ बर्षपछि निर्देशनमा कमब्याक गर्न लागेका भुवनले चलचित्रमा अनमोल केसी र प्रिन्सी खतिवडाको जोडी बाँधेका छन्। शुक्रबार ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा पूजा गर्दै चलचित्रको औपचारिक छायांकन सुरुवात गरिएको हो । केहि दृश्यको छायांकन यस अगाडी धादिङको नौबिसेमा गरिएको छ ।

सनराइज पिक्चर्सको ब्यानरमा निर्माण भैरहेको चलचित्रमा जीया केसी र भविष्य खड्का निर्माताको रुपमा रहेका छन्। चलचित्रमा अनमोल केसी, नेन्सी खड्का, प्रिन्सी खतिवडा, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना लगायतको अभिनय रहनेछ ।

चलचित्रमा तेजबिक्रम केसी कार्यकारी निर्मातामा छन् भने लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको छ । यसमा छायांकन राजेश श्रेष्ठको रहनेछ भने गीतमा रेनशा वान्तवा राईले कोरियोग्राफी गर्नेछिन् ।






