‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक


चलचित्र ‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा चलचित्रका प्रमुख पात्रको क्यारेक्टर लुक्स प्रस्तुत गरिएको छ । हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) को निर्देशनमा तयार भएको चलचित्रमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ ।

नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको चलचित्रमा अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह-निर्माता रहेका छन्। निर्देशक घिमिरेको कथा रहेको चलचित्रको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्