चलचित्र ‘रोल नंं. १’ को छायांकन सुरु
चलचित्र ‘रोल नंं. १’ को छायांकन म्याग्दीबाट सुरु भएको छ । करिब डेढ महिनाको सेडुयुल रहेको चलचित्रको छायांकन अगाडी दुई हप्ता लामो वर्कसप गरिएको थियो। चलचित्रको मुख्य भूमिकामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, शुन्दर धिताल र निर्भिक रेग्मी रहेका छन् । विनोद पौडेलले निर्माण गरेको चलचित्रलाई जोन योञ्जनले निर्देशन गर्दैछन् । चलचित्रमा निर्देशक योञ्जनको नै कथा रहेको छ।

चलचित्र ‘रोल नंं. १’ भ्रम र कथित सामाजिक प्रतिष्ठाका नाममा विद्यार्थीले झेल्नुपर्ने मनोवैज्ञानिक दबाबको कथामा बन्ने निर्माता पौडेलले बताए। यसअघि सार्वजनिक गरिएको फर्स्टलुकमा कक्षाकोठामा एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको थियो । उसको अगाडि निलो सर्ट लगाएका विद्यार्थी कक्षा कोठाभरी थिए । अगाडि कालोपाटी थियो । नजिकै एक शिक्षिका थिइन् ।

महेश दवाडीको पटकथा तथा संवाद रहने चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत रहनेछ । सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने चलचित्रको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं कार्यकारी निर्माता रहेका छन् । निर्माता पौडेलको निर्माण रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ यही मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदैछ ।






