‘परान’ बन्यो अहिलेसम्म बक्स अफिसमा सर्वाधिक कमाई गर्ने चलचित्र


नेपाली बक्स अफिसको आंकडा यो बर्ष सोचेजस्तो रफ्तारमा अगाडी बढ्न सकेको छैन। धेरै अपेक्षा गरिएका चलचित्र प्रदर्शनमा आए पनि बक्स अफिस आँकडा भने सोचेजस्तो बनिरहेका छैनन्। तर केहि चलचित्रले यो बीचमा बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। ११ करोड बढीको व्यापार गरेको ‘उनको स्विटर’ ले यो बर्ष को सकारात्मक सुरुवात गरेको थियो। तर यो बीचमा रिलिज भएका र अपेक्षा गरिएका धेरै चलचित्रले बक्स अफिसमा १० करोडको आंकडा पुरा गर्न सकेनन्।

बैशाख पछि असोज ३१ मा रिलिज भएको चलचित्र ‘जेरी अन टप’ ले १२ करोड २३ लाख बढीको व्यापार गर्दै बक्स अफिसलाई चलायमान बनायो। अनमोल केसीको पहिलो १० करोड बक्स अफिसमा पुर्याउने भनेको यो चलचित्रले हलमा दर्शकलाई मज्जाले तान्यो। अब यो रेकर्डलाई ब्रेक गर्दै चलचित्र ‘परान’ यो बर्षको अहिलेसम्म सर्वाधिक कमाई गर्ने चलचित्र बनेको छ।

बक्स अफिसले सार्वजनिक गरेको आंकडा अनुसार शनिबार रातीसम्म चलचित्रले १६ करोड १६ लाख बराबरको व्यापार गरिसकेको छ। हलमा चलचित्र अझै पनि राम्रो शो प्राप्त गरिरहेको छ। चलचित्रले २० करोडको आँकडा छुने आंकलन गरिएको छ। दिपक प्रसाद आचार्य काकुको निर्देशनमा तयार भएको चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, प्रविन खतिवडा, अञ्जना बराइली, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रका निर्माता शेखर गोल्छा र रञ्‍जित आचार्य रहेका छन् ।
यो बीचमा चलचित्र ‘जारी २’ ले ६ करोड माथीको व्यापार र ‘मन बिनाको धन’ ले झन्डै ४ करोड बरबारको व्यापार गर्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्