‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर: भ्रष्टाचार र बेथितीविरुद्ध सडकमा युवा
चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक ट्रेलरले उच्च शिक्षा अध्ययन गर्न विदेश जाने तयारीमा रहेको युवा, त्यो तयारी पुरा नहुँदा उसले सुरुवात गरेको सडक क्रान्तिको कथा प्रस्तुत गरिएको छ।

भ्रष्टाचार र बेथितीविरुद्ध एक जेनजी युवाले काठमाडौंको माइतीघर मण्डलाबाट थालेको आन्दोलनको कथावस्तुमालाई ट्रेलरमा स्थान दिईएको छ। यसले भर्खरै नेपालमा सम्पन्न जेनजी आन्दोलन र त्यसले ल्याएको परिवर्तनको कथालाई पुर्वअनुमान सहित चलचित्र तयार पारिएको अनुमान लगाउन सकिन्छ।
नागराज इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण चलचित्रलाई हास्य कलाकार अर्जुन घिमिरेले निर्देशन गरेका छन् । यो उनको डेव्यु निर्देशकीय चलचित्र हो। चलचित्रमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राई लगायतको अभिनय छ ।
गणेशले यहि चलचित्र मार्फत करिब ९ बर्षपछि नेपाली चलचित्रमा कमब्याक गर्न लागेका हुन्। निर्देशक घिमिरे स्वयंले चलचित्रको कथा तयार पारेका हुन् भने पटकथा र संवाद गणेश कार्की र विशाल घिमिरेले मिलेर लेखेका हुन् । चलचित्र पौष ४ गतेबाट रिलिज हुँदैछ।



