‘कुमारी’ प्रचारका लागी देशका प्रमुख सहरमा गुन्जदै ‘केहर एन्ड द लुङा’


दिनेश राउतको निर्देशनमा तयार भइरहेको चलचित्र ‘कुमारी’ यति बेला पोस्ट प्रोडक्सनमा रहेको छ । युवा पुस्ताको प्रेमकथा समेटेर तयार पारिएको चलचित्र माघ २३ गतेबाट रिलिज हुँदै छ । दुवै नयाँ कलाकारलाई प्रमुख भूमिकामा लिएर तयार पारिएको चलचित्रका दुई गीत यति बेला चर्चित रहेका छन्। केहर सिंह लिम्बूको स्वरमा रहेका गीतले दर्शकको मन जितिरहेका छन् ।

यही बिचमा चलचित्र प्रचारलाई लक्षित गर्दै निर्माण टिमले देशका विभिन्न सहरमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना गर्ने भएको छ।  पछिल्लो पुस्ताका सफल गायक केहर सिंह लिम्बुको प्रस्तुति देशका विभिन्न सहरमा दर्शकले हेर्न पाउने छन्।  केहरको ब्यान्ड  ‘केहर एन्ड द लुङा’ ले माघ १ गतेदेखि २३ गतेसम्म दाङ, पोखरा, काठमाडौँ, नेपालगन्ज, चितवन र धरानमा आफ्नू प्रस्तुति दिनेछन्।  चलचित्रमा समावेश सम्पूर्ण गीत केहरले नै गाएका छन्।  

चलचित्रमा अभिषेक खड्का र आकृति राज भण्डारी मुख्य भूमिकामा छन्।  दुवैको प्रमुख भूमिकामा चलचित्रमा डेव्यु हो।  यी दुईको साथमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने लगायत कलाकारको  अभिनय रहेको छ।

बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको यस चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् भने कार्यकारी निर्माता केदार भुसाल हुन्। कथा तथा स्क्रिप्ट विकास सुवेदीले तयार पारेका छन्। 

प्रतिक्रिया दिनुहोस्