‘परिवर्तन’ को गीत ‘पाकेको चिउरी’ मा सुशील र अञ्जनाको जोडी


चलचित्र ‘परिवर्तन’ मा समावेश पहिलो गीत रिलिज भएको छ। एसडी योगी र रेश्मा पुनको आवाजमा रहेको गीत ‘पाकेको चिउरी’ रिलिज भएको हो। गीतमा मौसम अर्याल शब्द रचना र योगीको नै संगीत रहेको छ। लोकलयमा आधारित गीतको भिडियोमा सुशील श्रेष्ठ र अञ्जना बराईली फिचर रहेका छन्।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा सुशील र अञ्जनाको केमेष्ट्री रोचक देखिएको छ। विजय केरुङ्गको निर्देशनमा तयार भएको चलचित्र एक्सन जनरामा तयार भएको छ।

दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सुशील श्रेष्ठ, अञ्जना बराईली, सरोज खनाल,करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी,सुवास मेचेको मुख्य भुमिका रहेको छ। चलचित्रमा बन्दे प्रसादको सम्पादन,रामजी लामिछानेको कोरियोग्राफी,एसडी योगीको संगीत रहने चलचित्रमा द्धन्द्ध निर्देशन श्री श्रेष्ठको छ।

प्रतिक्रिया दिनुहोस्