‘कार्की साइँला’ मा जितुको जोडी बन्दै प्रियना
चलचित्र ‘कार्की साइँला’ मा प्रियाना आचार्य अनुबन्ध भएकी छिन्। राजेन्द्र बस्नेतको निर्देशनमा बन्ने चलचित्रमा उनको जोडी जितू नेपालसंग बाँधिने छ। पूर्वी नेपालको धनकुटा जिल्लामा छायांकन गरिने चलचित्रको सुटिङ्ग चाडै सुरु गर्ने तयारीमा निर्माण टिम रहेको छ।

निर्देशक राजेन्द्र बस्नेतले भने,‘हाम्रो कथा अनुसार नै हामीले धनकुटाका विभिन्न स्थानमा नै सुटिङ गर्ने छौँ। कार्की साइँलाको कथाले मागे अनुसारकै प्रियनालाई अनुबन्ध गरेका हौँ। थप जानकारी केहि दिनमा नै दिनेछौँ।’
चलचित्रमा जितु नेपाल र प्रियाना आचार्यका साथमा सुशील पोखरेल,बिरेन्द्र सिंह कुशहुवा,मान्शी शर्मा,मनिल तामाङ,रेणुका आचार्य,दिप्सन लिम्बु,रोदा राई,कमल देवकोटा लगायतको अभिनय रहने छ।
कर्णबहादुर फिल्मस् प्रालीको व्यानरमा निर्माण हुने चलचित्रमा बालकुमार राई निर्माता रहेका छन्। कृष्ण भगत चाम्लिङको प्रस्तुती रहेको चलचित्रको मुख्य सहायक निर्देशक रोजल थापाले गर्दैछन् भने छायांकन डम्बर राईको रहने छ।



