‘लालिमा’ को नयाँ पोष्टरमा रोशनी कार्की


चलचित्र ‘लालिमा’ को नयाँ पोष्टर सार्वजनिक भएको छ। फागुन २९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रको सार्वजनिक पोष्टरमा चलचित्रकी शिर्ष नायिका रोशनी कार्कीलाई प्रस्तुत गरिएको छ । पोष्टरमा समस्यामा जेलिएकी रोशनीलाई आत्माविश्वासी, सहनशील र शान्त देखाइएको छ । माथिल्लो शरीरमा कपडा नलगाएकी उनी झ्यालबाट कोठाभित्र छिरेको प्रकाशमा छिन् । पीडापछिको शान्त मुद्रामा उनलाई देख्न सकिन्छ । यो पोस्टरले पनि उनी यौनकर्मीको चरित्रमा रहेको संकेत गर्छ ।

पोष्टरले दर्शक प्रति चलचित्रलाई लिएर थप कौतुहलता सिर्जना हुने निर्देशक तथा लेखक रोशन मिराजले विश्वास व्यक्त गरेका छन्। चलचित्रमा रोशनीको साथमा जीवन भट्टराई, उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल मुख्ष भूमिकामा छन् । तीन हजार यौनकर्मीको अनुभव, संघर्ष र भोगाइमा आधारितमा रहेर तयार पारिएको बताइएको चलचित्र फेथ आस्थाको प्रस्तुतिमा निर्माण भएको हो। चलचित्रकी कार्यकारी निर्माता रिना लामा हुन्।

प्रतिक्रिया दिनुहोस्