‘पारस’ मा सुशीलको इन्ट्री
चलचित्र ‘पारस’ को स्टारकाष्ट बलियो बन्दै गएको छ। निखिल उप्रेती, जसिता गुरुङ्ग, प्रियंका कार्की र निरुता सिंह यस अगाडी नै अनुबन्ध भएको चलचित्रमा नायक सुशील श्रेष्ठको इन्ट्री भएको छ। पछिल्लो समय नेपाली चलचित्रमा सुशीलको एक्सनको चर्चा रहदै आएको छ । एकपछि अर्को एक्सन चलचित्रमा देखिदै आएका सुशीलको प्रवेशसंगै दुई एक्सन स्टार चलचित्रमा एकसाथ देखिने भएका हुन्। निखिल र सुशीलको एक्सन चलचित्रमा हेर्न पाउने दर्शकले अपेक्षा गरका छन्।

लामो समयबाट चलचित्र निर्माणमा रहेकी कृषाको यो तेश्रो निर्देशकीय चलचित्र हो। यस अगाडी उनले ‘ऐँचोपैचो’ र ‘पिताम्बर’ निर्देशन गरिसकेकी छिन्। प्रेमकथामा आधारित चलचित्रलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन्।


