‘आ बाट आमा २’ निर्माण तय, दशैँमा रिलिज हुने


बक्स अफिसमा सफलताको साथमा चलिरहेको चलचित्र ‘आ बाट आमा’ को दोश्रो भाग निर्माण हुने भएको छ। नेपाली बक्स अफिसमा मात्र १० करोड माथीको व्यापार गरिसकेको चलचित्रको दोश्रो भाग ‘आ बाट आमा २’ को आज औपचारिक घोषणा गरिएको छ। अभिनेता पल शाहको जन्मदिनको अवसरमा निर्माण टिमले यो घोषणा गरेको हो। दशैँको जमरा र आमाको पर्खाइको कथा बताइएको चलचित्र दशैँमा रिलिज गर्ने घोषणा निर्माण टिमले गरेको छ।

चन्द्र पन्तको निर्देशनमा तयार भएको चलचित्र ‘आ बाट आमा’ मा प्रदिप रावत, विपना थापा, पल शाह, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोख्रेल लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्