‘राम नाम सत्य’ को ‘धागोले बाटेको’ गीतमा सुपुष्पासंग रोमनटीक विराज


चलचित्र ‘राम नाम सत्य’ को पहिलो गीत सार्वजनिक भएको छ। बाबुल गिरि र रचना रिमालको स्वरमा रहेको ‘धागोले बाटेको’ बोलको गीत निर्माण टिमले सार्वजनिक गरेको हो। डा डिआर उपाध्यायको शब्द रहेको गीतमा बाबुलको नै संगीत रहेको छ।रोमान्टिक शैलीको गीतको भिडियोमा विराज भट्ट र सुपुष्पा भट्टलाई फिचर गरिएको छ । भिडियोमा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ।

माइकल चन्दको निर्देशनमा तयार भएको चलचित्रमा विराज भट्ट, सुपुष्पा भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुशी कार्की लागायतका कलाकारको अभिनय रहेको छ। माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतीमा तयार भएको चलचित्रमा उपेन्द्र शाही र स्वेता विमली निर्माता, किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माताको रुपमा रहेका छन्। चलचित्रमा मान कृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र श्री श्रेष्ठको एक्सन रहेको छ। चलचित्र नयाँ बर्षको अवसर पारेर चैत्र २७ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्