चलचित्र ‘पारी बुटोल’ को टिजर सार्वजनिक


गणेश देव पाण्डेको निर्देशनमा बनेको चलचित्र ‘पारी बुटोले’ को टिजर सार्वजनिक भएको छ। टिजरमा चलचित्रका प्रमुख पात्रहरूलाई उनीहरूको लुक्स र चरित्रमा प्रस्तुत गरिएको छ। चलचित्रमा अनुप बराल, दिया मास्के, कामेश्वर चौरासिया, दिव्य देव, सुवर्ण थापा, निरिक्षा घतानी, तुफान थापा, अविरल प्रताप अधिकारी, किरण श्रेष्ठ, सुयोग तिमल्सिना, सुशील सिटौला, विक्रम श्रेष्ठ लगायतका दर्जनौँ कलाकारहरूको अभिनय रहेको छ।

ग्याङ्स्टर जनरामा निर्माण भएको चलचित्रले युवाहरू, उनीहरूको परिवार, जीवनका सङ्घर्षहरू र सफलता प्राप्त गर्ने होडमा उनीहरूले सामना गर्नुपर्ने चलखेललाई सामान्य बनाउने प्रयासको कथा बोल्ने निर्देशक पाण्डेले बताए।

बुटवलका वास्तविक स्थानहरूमा छायाङ्कन गरिएको यस चलचित्रले त्यहाँको वास्तविक वातावरणलाई समेट्दै दर्शकलाई एकदमै लोकल र यथार्थपरक अनुभूति दिनेछ। ल्याक्सी श्रेष्ठले निर्माण गरेको यस चलचित्रमा मनीषा अधिकारी सह-निर्माताको रूपमा रहेकी छन्।

https://www.youtube.com/watch?v=-GGb4w33IqU

प्रतिक्रिया दिनुहोस्