जापानी नायिका मीना यसोदासंग रोमान्स गर्दै सलिनमान


‘युनिभर्सिटी अफ गुण्डाज’ (UOG) मार्फत पर्दामा फर्किने तयारीमा रहेका सलिनमान बनियाँको जोडीको रुपमा जापानी नायिका पक्का भएकी छिन्। सान्भी इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुने यस चलचित्र मार्फत जापानी नायिका मीना यसोदाले नेपाली चलचित्रमा डेव्यु गर्नेछिन्।

नेपाल र जापान दुवैको पारिवारिक पृष्ठभूमि (बुवा नेपाली र आमा जापानी) भएकी मीना हाल जापानमै बस्दै आएकी छन्। निर्माण पक्षले उनको बारेमा थप विवरण भने गोप्य नै राखेको छ।

केही समयअघि सार्वजनिक भएको चलचित्रको ‘फर्स्ट लुक’ ले यो चलचित्र पछिल्लो समय बनिरहेका अन्य नेपाली चलचित्र भन्दा फरक र विशेष हुने संकेत गरिसकेको छ। अभिनेता सलिनमान आफैंले लेखेको कथामा बनिरहेको यस चलचित्रलाई सुरेश न्यौपानेले निर्देशन गर्नेछन्। चलचित्रको मुख्य भूमिकामा सलिनमान र मीनाका साथै सलोन बस्नेत पनि देखिनेछन्। निर्माण पक्षले हालसम्म चलचित्रका अन्य कलाकार र प्राविधिकको नाम सार्वजनिक गरेको छैन।

चलचित्रको मुख्य प्राविधिक टोलीमा सौरभ लामा (डिओपी), मन्दिप गौतम (स्क्रिन प्ले), रोमन बज्रचार्य (ब्याकग्राउण्ड स्कोर), सम्राट बस्नेत (एक्सन निर्देशन), मनोज श्रेष्ठ (भिएफएक्स), बन्दे प्रसाद (सम्पादन तथा ट्रेलर), मुकेश शाह (साउण्ड डिजाइन) र राजेन्द्र मोक्तान (कलर) रहेका छन्।

प्रतिक्रिया दिनुहोस्