एमएनएम नेपालकर्मी मिलन ढुंगाना ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८३’ बाट सम्मानित
चलचित्र पत्रकारिताको क्षेत्रमा एक दशकभन्दा लामो समयदेखि सक्रिय एमएनएम नेपालकर्मी पत्रकार मिलन ढुंगानालाई यस वर्षको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८३’ प्रदान गरिएको छ। चलचित्र पत्रकार संघ नेपालले आफ्नो २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसर पारेर ढुंगानालाई नगद २५ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरेको हो ।

२०७२ सालमा क्यानेडा नेपाल मार्फत आफ्नो औपचारिक पत्रकारिता यात्राको सुरुवात गरेका ढुंगाना फोटोग्राफी र भिडियोग्राफी संगै समाचार संकलन र लेखनमा पनि सक्रिय रहेका छन्। आफ्नो पत्रकारिताको अनुभवलाई संगाल्दै उनले एमएनएम नेपाल स्थापान र संचालन गरिरहेका छन्। त्यो संगै उनि देशकै एतिहासिक र प्रतिष्ठित संचारमाध्यम रेडियो नेपालमा पनि कार्यरत रहेका छन्। उनको काम प्रतिको लगाव, मिहेनत र निरन्तरताको सम्मानस्वरुप चलचित्र पत्रकार संघ नेपालले उनलाई राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरेको हो। चलचित्र पत्रकार संघ नेपालमा तीन वर्ष कार्यसमिति सदस्यका रुपमा उनले जिम्मेवारी सम्हालिसकेका छन्।




