सकियो पारस र दिव्याको ‘बेहुली’ छायांकन
सशान कँडेलको निर्देशनमा तयार भएको चलचित्र ‘बेहुली’ को छायांकन सम्पन्न भएको छ। ४५ दिन लगाएर खिचिएको चलचित्रको बिहिबार अन्तिम दृश्यको छायांकन गरियो। भदौ १२ गतेबाट प्रदर्शनमा आउने चलचित्रको दुईवाट गीत खिच्न बाँकी रहेको छ। टिकटक स्टार तथा अभिनेता पारस बम ठकुरी (कुल ब्वाय) र अभिनेत्री दिव्या रायमाझी चलचित्रको प्रमुख भुमिकामा रहेका छन्। कुल ब्वायले ‘होस्टेल ३’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए।

चलचित्रमा पारस र दिव्यासहित सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, समायरा थापा मगरलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई संगीतकार अर्जुन पोखरेलले निर्माण गरेका हुन् । दुर्गा खरेल (गायिका) र रमेश सिलवाल सह-निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता सुमन थिङ तामाङ हुन्। शङ्कर कोइराला क्रिएटिभ प्रोड्युसर रहेको चलचित्रको लेखन माधव शर्माले गरेका छन्।




