‘झिंगे दाउ २’ को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक


असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘झिंगे दाउ २’को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरिएको छ । गीतमा प्रमोद खरेल र मनिषा सुनारको स्वर, डाक्टर कृष्णहरि बरालको शब्द, अर्जुन पोखरेलको संगीत छ । निकै मार्मिक शब्दमा तयार भएको चलचित्रको गीतले आमाको महिमा बयान गरेको छ भने आमाहरु बृद्धाश्रममा बस्नु परेको तितो यथार्थतालाई पनि गीतमा समावेश गरिएको छ। भिडियोमा अतिथी कलाकारहरु मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मालाई देख्न सकिन्छ । साथमा, चलचित्रका मुख्य कलाकारहरु आर्यन सिग्देल, हिउँवाला गौतम, बसुन्धरा भुषाल, चैत्यदेवीलाई पनि यो गीतमा फिचरिङ गरिएको छ । कोरियोग्राफर रामजी लामिछानेले भिडियोको कोरियोग्राफी गरेका छन्।

कपनगढी सिनेमा प्रा.लि र फिल्म क्रु नेपाल प्रा.लिको प्रस्तुतिमा तयार भएको चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजा हुन्। चलचित्रमा सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ । बिष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको चलचित्रमा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन छ ।

चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभय राज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुषाल, रेन प्रधान, विनोद कुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापाको अभिनय छ ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको चलचित्रमा गोविन्द फुयाल र शिशिर चालिसेको लेखन, विवेक बस्नेत र ईश्वर सिंखेमानको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्